Latest
अर्को
Prev

सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश (आदेशको पूर्ण पाठ सहित)

सेयर गर्नुहोस

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई  उच्च अदाल पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।


बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।


नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।


काठमाडौं जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो । सन्दीपले पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो । वीरगन्जको नारायणी अस्पतालले किशोरी नाबालिग नरहेको प्रमाण पठाएको थियो ।


केन्या जानुअघिल्लो दिन भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर दुई पटक नाबालिगलाई दुई पटक बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । पीडित नाबालिगले भदौ २१ गते प्रहरी बृत गौशालामा जाहेरी दिएकी थिइन् । प्रहरीले सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । सन्दीपले आत्मासमर्पण गरेका थिए ।


उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिए पनि सन्दीप विभन्न शर्त पालना गर्न तयार हुनुपर्ने बताएको छ ।  


उच्च अदातलका सुचना अधिकारी दिनेश पैडेलले सन्दीपसामू निम्त लिखित शर्त राखिएको जनाकारी दिए,


राहादानी रोक्का राख्ने


मुद्दाको विषयमा कुनै पनि समाचार प्रकाशन गर्न नपाउने,


जाहेरीवालालाई धाक धम्की दिन तथा भेटघाट गर्न नपाउने,


धरौटी बापतको २० लाख रुपैयाँ नगदै राख्नु पर्ने,


 देश भित्र यात्रा गर्दा जिल्ला प्रहरी परिषर काठमाडौंलाई जानकारी  गराउनु पर्ने,


 काँहा जाने र कहिले फर्किने भन्ने मिति समेत उल्लेख गर्नुपर्ने, 


कानुन व्यवसायी तथा विभिन्न संञ्माध्यमले पनि यी आदेशको मान प्रतिष्ठा र अदालतको सम्मानमा आधात पुग्ने तरिकाले समाचार प्रकाशन प्रशारण गर्न नपाउने  । 

अदालतको फैसलाको पूर्ण पाठ हेर्नुहोस

aadesh-1



सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist