Latest
अर्को
Prev

ऊर्जा मन्त्रालयले सोध्यो कुलमान घिसिङसगँ स्पष्टिकरण

सेयर गर्नुहोस

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टिकरण मागेको छ । मन्त्रालयले सोमबार घिसिङलाई पदीय मर्यादा विपरीत कार्य गरेको र असहयोगी भूमिका खेलेको भन्दै सात दिनभित्र चित्त बुझ्दो स्पष्टिकरण पेश गर्न पत्राचार गरेको हो ।


यस्ता छन् घिसिङमाथि लगाएका आरोप
–    प्राधिकरणका सञ्चालक समितिका बैठकहरुमा सरकारी निकायको कार्यकारी प्रमुख हैसियत भुलेर पटकपटक असहयोगी भूमिका खेल्ने गरेको ।
–    सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको ।
–    पदीय मर्यादा विपरित कार्य गरेको ।
–    कार्य सम्पादन सम्झौता अनुरुपको कार्य सम्पादन मुलांकनसम्बन्धी विवरण पेश नगरेको । 
–    मन्त्रालयले माग गरेको ट्रान्सफर्मर खरिद अनियमितता सम्बन्धमा १५ बुँदे विवरण समयमा उपलब्ध नगराएको, ढिला उपलब्ध गराए पनि अपुरो र मागभन्दा बाहिर गई       गोलमटोल जवाफ दिएको ।
–    मन्त्रालयले १३ कार्तिकमा ६ बुँदे विवरण माग गरेकोमा बस्तुनिष्ठ र यथार्थपरक जवाफ नपठाएको  ।
–    डेडिकेटेड फिडर र ट्रंक लाइन महशुल विवाद समाधान गर्न मन्त्रिपरिषद्को निर्देशन बमोजिम गठन भएको प्राविधिक जाँच समितिलाई सहयोग उपलब्ध गराउने एजेन्डामा नोट अफ डिसेन्ट लेखेको ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist