Latest
अर्को
Prev

सहकारी मुद्दामा थुनछेक बहस सुरु, मंगलबार दुई जना सरकारी वकिलले गरे बहस

सेयर गर्नुहोस

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने जोडिएको सूयदर्शन सहकारी ठगीको मुद्दामा मंगलबारबाट जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको छ।


न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहस सुरु भएको हो। थुनछेक बहसको पहिलो दिन सरकार (बादी) पक्षबाट दुई जना सरकारी वकिलले बहस गरेको जिल्ला अदालत कास्कीका श्रेस्तेदार राजन खनालले बताए। उनका अनुसार सरकारी वकिलको तर्फबाट सुजाता पौडेलले र शान्तिदेवी शर्माले बहस गरेका हुन्।


श्रेस्तेदार खनालका अनुसार बुधबार पनि थुनछेक बहस जारी रहने छ। बुधबार पनि बादी पक्षबाटै सरकारी वकिलहरूले बहस गर्ने छन्। सरकारी वकिलले बहस गरिसकेपछि प्रतिवादी पक्षका वकिलहरूले आ आफ्ना प्रतिरक्षा बहस गर्ने छन्।


प्रतिवादी पक्षका वकिलहरूको बहस बिहीबारबाट मात्रै हुनसक्ने सम्भावना रहेको खनालले बताए।


उक्त मुद्दामा अदालतमा रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist