Latest
अर्को
Prev

सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य : प्रधानमन्त्री ओली

सेयर गर्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरूको साझा उद्देश्य भएको बताउनुभएको छ ।


नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरूको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताउनुभयो ।


“एमाले एउटा नदी हो, यसमा सबै खोला मिसिन्छिन् । मौरीको सङ्गत लागेर मौरीको पछिपछि लागेमा फूलबारीमा पुगिन्छ । झिँगाको सङ्गत गरेर उसको पछिपछि लागेमा फोहोरको डङ्गुरमा पुगिन्छ । तपाईँहरूको एमालेमा आउने छनोट सही छ । तपाईँहरू नमुना हुनुपर्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रवेशका माध्यममा पार्टीमा समाहित भएकाहरू सबै मिलेर हामी साझा उद्देश्यका परिवार भएका छौँ । हामीले नेपाल प्रतिभाहरूको देश हो भन्ने कुरा स्थापित गर्नुपर्छ । हरेक पुराना रेकर्डहरू ब्रेक गर्नुछ र नयाँ नयाँ कीर्तिमान कायम गर्दै जानुपर्छ ।”


प्रधानमन्त्री ओलीले आफूहरूलाई प्रभाव छोड्नुपर्ने नभई कामको नतिजा निकाल्नुपर्ने भएकाले साँचो र यथार्थपरक जीवनयापन गर्न पनि आग्रह गर्नुभयो ।


कार्यक्रममा नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेल लगायतका युवाहरू एमालेमा प्रवेश गर्नुभएको थियो । ‘मिसेज हेरिटेज इन्टरनेसनल’का विजेता विभा बस्नेत, युवाहरू शिवानी गौतम, गायत्री बिसी लगायत पनि एमालेमा प्रवेश गर्नुभयो । पोखरेल र बस्नेतले दूरदर्शी सोच भएका अध्यक्ष ओली नेतृत्वको पार्टीले देश बनाउने सङ्कल्प बोकेकाले यस अभियानमा आफूहरू सारथि बन्ने बताउनुभयो ।


कार्यक्रममा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इन्चार्ज भानुभक्त ढकाल लगायत उपस्थित हुनुहुन्थ्यो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist