नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको छ । टस जितेको चितवनले कर्णालीलाई पहिला ब्याटिङको निम्तो दिएपछि कर्णालीले ६ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको चितवनले ९ विकेटमा १५४ रन मात्र बनायो । चितवनलाई जारी एनपीएलमा दोस्रोपटक हराउने क्रममा कर्णालीले बुधबार २१ रनले पराजित गरेको हो । यसअघि लिग चरणमा पनि कर्णालीले चितवनलाई पराजित गरेको थियो ।
कर्णालीको जितमा नन्दन यादवले एकै ओभरमा रवि बोरापा र अमर रौटेलाको विकेट लिएर निर्णायक प्रदर्शन गरेका थिए । बोपाराले ३४ बलमा ५३ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बोपारालाई कप्तान कुशल मल्लले २१ रन बनाए साथ दिन खोजे पनि उनी आउट भएपछि चितवन संकटमा परेको थियो ।
जवाफी ब्याटिङ गरेको चितवनको सुरुवात राम्रो हुन सकेन । विशाल लक्ष्य पछ्याएको चितवनले पावर प्लेमै तीन विकेट गुमायो । उसले ओपनर विपिन रावल, हसन इसाखिल र लुक बेनस्केटिनलाई पावर प्लेमा गुमाएको थियो ।
कर्णालीका लागि जिशन मक्सुदले तीन विकेट लिए भने कप्तान सोमपाल कामी नन्दन यादवले दुई दुई र विपिन शर्माले एक विकेट लिए ।
यसअघि कर्णालीका लागि दुई ब्याटरले अर्धशतक बनाएका थिए । कर्णालीका लागि पहिलो खेल खेलिरहेका भारतीय खेलाडी जयकिसन कोसवालाले ५३ रन बनाए भने विलियम बोसिस्टोले ५२ रन बनाए । अन्तिममा चाडविक वाल्टनले विस्फोटक ४६ रन बनाउँदा ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै जिसन मक्सुदले १४ रनको योगदान दिए । कर्णालीका दुई जना ब्याटर शून्यमा आउट भए भने सोमपाल कामी शून्यमा नटआउट रहे ।