लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले नेपालमा कर्मचारीको संख्या घटाउन सकिने बताएका छन् ।
बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती विधेयकमाथिको छलफलमा उनले यस्तो बताएका हुन् ।
‘संविधान कार्यान्वयन गर्न के-के गर्नेभन्दा कर्मचारीको संख्याको विषयमा सुझाव दिएका थियौँ । संघमा ३२ हजार कर्मचारी, प्रदेशमा २२ हजार कर्मचारी र स्थानीय तहमा ४५ हजार कर्मचारी भयो भने नेपालको जनसंख्याअनुसार सेवा सुविधा प्रदान गर्नका लागि पुग्छ भनेर स्पष्ट भनेका छौँ,’ रेग्मीले भने, ‘संख्या घटाउन सकिन्छ ।’
प्रशासन सुधार आयोगबाट तीनवटा तहमा कति कर्मचारी चाहिन्छ भन्ने अध्ययन गरेर एक लाखमा ननाघ्ने गरी सुझाएको दिएको उनले बताए ।