Latest
अर्को
Prev

‘भ्यूटावर’ले आर्थिक विकासमा टेवा पुर्‍याउँछ: मन्त्री सिंह

सेयर गर्नुहोस

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले दमकमा निर्माण गरिएको व्यावसायिक ‘भ्यूटावर’ले स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बताएका छन् ।


नेपाली कांग्रेस दमक नगर समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको भेलालाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले यहाँका भ्यूटावरसहित देशभरिका ६ विशेष संरचनाका आयोजना सञ्चालनको चरणमा रहेकाले यसले दूरगामी महत्व राख्ने बताए । दमक–३ स्थित दापगाछीमा सरकारले निर्माण गरेको १८ तले दमक भ्यूटावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को कार्यक्रममा सहभागी हुन आएका उनले राष्ट्रिय गौरवका योजनाका रूपमा रहेका यस्ता सम्पदालाई स्थायी रूपमा सञ्चालन गर्न सरकारले सुरुआत गरेको उल्लेख गरे । 


स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको बेला उपप्रधानमन्त्री सिंहले बनेका सरंचनालाई प्रयोगमा ल्याउन सरकार स्पष्ट योजनाका साथ सक्रिय भएको बताए । कांग्रेसलाई व्यवस्थित बनाउन आवश्यक भएको उनले औँल्याए । कांग्रेसभित्र देखिएको बेथितिका कारण मुलुक नै अस्थिर हुने विचार राख्नुहुँदै उपप्रधानमन्त्री सिंहले देशलाई विकास र समृद्धिमा लैजान फेरि पनि कांग्रेसकै अगुवाइ हुनुपर्नेमा जोड दिए । कांग्रेस पार्टी बलियो भए मात्र देशले प्राप्त गरेको अधिकारसहित उपलब्धि संस्थागत गर्न सकिने उनको भनाइ थियो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist