Latest
अर्को
Prev

लुम्बिनीलाई नमिठो झट्का

सेयर गर्नुहोस

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई सुदूरपश्चिम रोयल्सको नमिठो झट्का लागेको छ ।


कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार बिहान भएको खेलमा लुम्बिनी सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भयो । लुम्बिनीको यो लगातार तेस्रो हार हो ।


हारसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बन्दै गएको छ । लुम्बिनी यसअघि आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्ससँग दुई विकेट र दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको थियो ।


सुदूरपश्चिमले भने जितको लय कायम राखेको छ । लगातार तेस्रो जित निकालेको सुदूरपश्चिमले प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ ।


टस हारेर पहिले ब्याटिङ गरेपनि सुदूरपश्चिम बलियो योगफल तयार गर्दै लुम्बिनीलाई झड्का दिन सफल भयो । यसअघि सुदूरपश्चिमले पहिलो खेलमा विराटनगरलाई ९० रन र दोस्रो खेलमा काठमाडौँ गुर्खाजलाई ७३ रनले हराएको थियो । 


जितका लागि एक सय ८८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रनमा समेटियो ।


लुम्बिनीको सुरुवाती ब्याटिङ लाइन धरासायी बन्यो । पहिलो पावर प्लेमै पाँच विकेट गुमाएकोदलुम्बिनीका लागि मध्यक्रममा ब्याट्सम्यान सन्दीप जोराले २० रन बनाउनुभयो । 


त्यसपछि विवेक यादवले ७७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टरेन । उहाँले ५४ बलमा तीन चौका र सात छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । दिनेश अधिकारीले १४ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 


लुम्बिनीलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलन र सईफ जैवले तीन तीन विकेट लिनुभयो । जैव प्लेयर अफ दि म्याच बन्नुभयो । स्कट कुग्लेजिनले दुई तथा अविनाश बोहराले एक विकेट लिनुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ओभरमा चार विकेटको क्षतिमा एक सय ८७ रन बनाएको थियो । 


सुदूरपश्चिमका लागि सईफ जैवले सर्वाधिक ९० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ६१ बलमा ६ चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाउनुभयो ।


उहाँले उक्त रन बनाउने क्रममा १९ बलमा चार चौका दुई छक्का हान्नुभयो । यस्तै ब्रान्डन म्याकमुलनले २३, ओपनर विनोद भण्डारीले १७, स्कट कुग्लेजिनले अविजित ११ रन बनाउनुभयो । आरिफ शेख शून्य रनमा पेभेलियन फर्कनुभयो । 


बलिङमा लुम्बिनीका रामोन सिमोन्डले दुई तथा कप्तान रोहित पौडेल र विवेक यादवले एक एक विकेट लिनुभयो । जितसँगै तीन खेलबाट ६ अङ्क बनाएको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।


समान ६ अङ्क बनाएको जनकपुर बोल्ट्स रन रेटको आधारमा दोस्रो स्थानमा छ । अङ्कबिहीन लुम्बिनी अन्तिममा छ । शनिबार नै अर्को खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबिच प्रतिस्पर्धा हुँदैछ । 


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist