Latest
अर्को
Prev

रवि लामिछानेमाथि प्रहरीद्वारा अस्वभाविक र शंकास्पद व्यवहार

सेयर गर्नुहोस

सहकारी रकम अपचलनमा अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले अस्वाभाविक र शंकास्पद व्यवहार गरेको छ। बुधबार १२ घण्टासम्म बयान लिएर उनलाई मध्यराति चितवनबाट पोखरा पुर्‍याइयोको छ ।


बिहीबार बिहानै पोखरा  पुर्‍याउनैपर्ने कुनै खास कारण नभए पनि प्रहरीले आफन्त र कानुन व्यवसायीलाई जानकारी नै नदिई झुक्याएर हिँडाएको हो । सुतिरहेको लामिछानेलाई झांगलझुंगल गर्दै उठाइएको थियो । आफन्त र कानुन व्यवसायीलाई जानकारी नदिई मध्यरातमा शंकास्पद तरिकाले हिँडाउँदा थुनुवाको आधारभूत मानव अधिकार हनन भएको रास्वपाका नेताहरूले बताएका छन्


 चितवन प्रहरीले सरकारी वकिल कार्यालयमा राखेर बुधबार राति अबेरसम्म बयान लिएको थियो । आरामसमेत गर्न नदिई बयान कक्षमै खाना खुवाइएको थियो । प्रहरीले लामिछानेका कानुन व्यवसायीलाई बिहीबार प्ले नमार्फत पोखरा लैजाने जानकारी गराएको थियो । बयान सकिएपछि सुत्न लागेका लामिछानेलाई प्रहरीले राति पौने बजे १२ एक्कासि गाडीमा राखेर पोखरा लगेको थियो । दिनभरिको बयानले थकित भएका लामिछानेले आराम गर्ने समय मागेका थिए। तर, प्रहरीले त्यसलाई बेवास्ता गरेको रास्वपाका नेताहरूको भनाइ छ।


लामिछानेलाई बिहान करिब ३ बजे पोखरा पुर्‍याइएको थियो । लामिछानेको इच्छा र आग्रहविपरीत बल प्रयोग गरी पोखरा लगेर थुनुवाको मानव अधिकारको हनन गरिएको रास्वपाका नेता दीपक बोहराले बताए। ‘उहाँको सहमतिविना आरामसमेत गर्न नदिई मध्यराति पोखरा लगियो । कसैलाई फोन गर्नसमेत दिइएको रहेनछ,’ रास्वपा नेता बोहराले भने, ‘मध्यराति कतै दुर्घटनामा पार्न लागिएको त होइन भनेर उहाँ डराउनुभएछ। उहाँले प्रहरीभित्रै असुरक्षित महसुस गर्नु भएको छ। मानव अधिकारको समेत हनन भएको छ।’ पोखरा लैजाँदा आफ्नो झोलामा रहेको डायरीसमेत हराएको लामिछानेले बताएका छन् । सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलनमा सघाएको आरोपमा गत कात्तिकमा पक्राउ परेका लामिछानेलाई प्रहरीले विभिन्न जिल्लामा लगेर अनुसन्धान गरिरहेको छ।


चितवनको सहारा सहकारीको विषयमा अनुसन्धान गर्न प्रहरीले मंगलबार उनलाई चितवन लगेको थियो । बुधबार बयान चलिरहँदा सडकमा रास्वपाका कार्यकर्ता र प्रहरीबिच भरतपुरमा झडप भएको थियो । शान्ति सुरक्षाकै विषयलाई ध्यानमा राखी लामिछानेलाई राति नै पोखरा पठाइएको चितवनका एसपी गौतम मिश्रको दाबी छ। लामिछाने विरुद्ध बुधबार मात्र पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।


गितेन्द्रबाबु (जिबी) राईको समूहले सञ्चालन गरेको वीरगन्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गैरकानुनी रूपमा गएको पाइएपछि पर्सामा पनि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो । यसअघि उनको कास्की, रूपन्देही र काठमाडौंमा बयान भइसकेको छ। जिबी राईको समूहले सञ्चालन गरेका पाँचवटा सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियालगायत कम्पनीमा लगिएको थियो ।


लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा कम्पनीको रकम खर्च गर्न उनको पनि भूमिका रहेको दाबी गरी पाँच जिल्लामा उनीविरुद्ध मुद्दा दायर गर्न लागिएको छ । उनीविरुद्ध सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गर्न लागिएको छ।


सहकारीको पैसा दुरुपयोगमा कुनै संलग्नता नभए पनि गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएकै आधारमा उनलाई लामो समय हिरासतमा राखेर अनुसन्धान गर्न लागिएकोमा रास्वपाले विरोध गर्दै आएको छ। रास्वपाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साधेको आरोप लगाउँदै आएको छ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist