Latest
अर्को
Prev

दुर्गा प्रसाईंको सम्बन्ध आपराधिक गिरोहसँग  !

सेयर गर्नुहोस

भारतीय आपराधिक गिरोह ‘लरेन्स विस्नोई’ को नाम लिएर नेपालका व्यवसायीहरूलाई ज्यान मार्ने धम्की दिने झापाका हरिसचन्द्र फुयाँल र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंबिच प्रहरीले निरन्तर सम्पर्क रहेको फेला पारेको छ ।


भारतबाट नेपालका व्यवसायीलाई निरन्तर ज्यान मार्ने धम्की दिँदै फिरौती माग गरेको उजुरीपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले फुयाँललाई झापाको मेचीनगरबाट गत बिहीबार पक्राउ गरी काठमाडौँ ल्याएको थियो ।


किर्ते कागजपत्र प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा साइबर अपराध ब्युरोले प्रसाईंलाई यही मङ्सिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उहाँमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन तथा किर्ते गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले हिरासतमा रहेका दुवै जनाबिच विगतमा पटक पटक दोहोरो संवाद र लेनदेनसमेत पाइएकाले यसबारे विस्तृत अनुसन्धान भइरहेको बताउनुभयो ।


नेपालमा लामो समयदेखि व्यवसाय गरिरहेका व्यक्तिमाथि प्रसाईंले विभिन्न आरोप लगाउँदै ती व्यवसायीमाथि दुव्र्यवहार गर्न सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको थियो । यता भारतीय आपराधिक समूहको नामबाट व्यवसायीहरूलाई धम्की दिने प्रसाईंबिच दोहोरो सम्बन्ध देखिएपछि सिआइबीले यो संयोग मात्र हो वा नियोजित हो भन्नेबारे अनुसन्धान गरिरहेको छ ।   


आपराधिक समूह ‘लरेन्स विस्नोई’ को नामबाट फुयाँलले भारत र दुबईका नम्बरबाट नेपालका व्यवसायीलाई पटक पटक धम्की दिने गरेको खुलेको छ । यस्तो धम्की फुयाँलले प्रसाईंकै निर्देशनमा दिने गरेका केही आधार प्रहरीले फेला पारेको छ ।


नवीन प्रधानका नामबाट भारतको आधारकार्डसमेत लिएका हरिच‍न्द्र फुयाँल भारतको आसाम र पानीट्याङ्कीमा बसोबास गरेको र विगतमा पनि आर्थिक अपराधमा जोडिएको खुलेको छ । आर्थिक अवस्थासमेत कमजोर रहेका फुयाँलले प्रसाईंबाट प्रलोभनमा परी व्यवसायीहरूलाई धम्की दिने गरेको स्वीकार गरेको र त्यो आपराधिक गिरोहसँग सम्बन्ध रहे नरहेको बारे पनि सिआइबीले अनुसन्धान गरिरहेको जनाइएको छ । साइबर ब्युरोको हिरासतमा रहनुभएका प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले मङ्गलबार थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रसाईंमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धान गरिरहेको छ । प्रसाईंकै सहयोगी फुयाँललाई आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist