Latest
अर्को
Prev

रविलाई चितवन लाने तयारी

सेयर गर्नुहोस

सहकारीको रकम अपचलनको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्कीमा मुद्दा दर्ता हुनुअघि नै चितवन प्रहरीले बयानका लागि लाने तयारी गरेको छ ।


संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुरक जाहेरी लिएर अनुसन्धान गरिरहेको चितवन प्रहरीले चितवनको पनि बयान सकियो भने एकैपटक मुद्दा दर्ता गर्न सहज हुनेगरी गृहकार्य थालेको हो ।


प्रहरीले जिल्ला अदालत चितवनबाट शुक्रबार लामिछाने लगायत पुरक जाहेरी दर्ता भएका सबैलाई हिरासतमा लिनको लागि नै पक्राउ पुर्जी लिइसकेको छ । साहारा सहकारीबाट रकम गएका पाँच वटा संस्थाका १० जनाविरुद्ध किटानी जाहेरी परेको थियो ।


चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले सकेसम्म कास्की अदालतमा मुद्दा दर्ता हुनुअगावै अनुसन्धानको लागि चितवन लग्ने तयारी गरेपनि कहिले ल्याउने भन्ने टुंगो नलागेको जानकारी दिए ।


उनले नेपाल प्रेससँग भने, ‘हामीले पनि उता मुद्दा दर्ता हुनुअघि यताको पनि बयान सक्न पाए हुने भनेर तयारी गरिरहेका छौँ, तर कुन दिन ल्याउने भन्ने टुंगो छैन ।’


सम्पत्ति शुद्धीकरण र संगठित अपराध दुवै जाहेरी लामिछानेमाथि भएकोले प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist