Latest
अर्को
Prev

नेपाल खानेपानी संस्थान सुधार्न सबैको पहल आवश्यक

सेयर गर्नुहोस

विराटनगर । नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समितिको सभा सम्पन्न भएको छ । मोरङको विराटनगरमा दुई दिनसम्म चलेको सभामा संस्थानलाई सक्षम, उपभोक्तामैत्री, आर्थिक सुशासन र विभेदरहित कर्मचारीको उचित व्यवस्थापन गर्न माग गर्दै सकिएको हो ।


सभामा संस्थानमा कार्यरत स्थायी, करार र ज्यालादारीका कर्मचारीलाई समान सेवा सुविधा, आफ्ना र पराइको व्यवहार अन्त्य हुनुपर्ने आवाज उठेको थियो ।साथै संस्थानमा कसैलाई पनि काखा र पाखा नगर्ने व्यवस्थापन आवश्यक रहेको, योग्य र सक्षम कर्मचारीलाई उचित स्थान दिइनुपर्नेमा जोड दिइएको छ ।यस्तै दण्ड र पुरस्कारको प्रभावकारी नीति संस्थानले अंगिकार गर्न नसकेकोमा चिन्ता प्रकट गर्दै कर्मचारी सेवा शर्त विनियमावली छिटो ल्याउने कार्यमा सबैको ध्यान केन्द्रित हुन आवश्यक रहेकोमा जोड दिइएको थियो ।


संघका महासचिव पदमहरि राईका अनुसार विगतमा उठाएका सरुवा नीति, बक्यौता रकम असुली नीति, साधनस्रोतको उच्चतम् प्रयोग, प्रक्रियागत महसुल बृद्धि तथा संस्थानलाई उपयुक्त र कर्मचारी तथा उपभोक्ता मैत्री सफ्ट्वेयर सञ्चालन गर्न सभामार्फत माग गरिएको छ ।संस्थान केन्द्रित मुद्धालाई व्यवस्थापन र सञ्चालक समितिले वेवास्ता गर्ने गरेकोमा चिन्ता गर्दै भविष्यको उत्तम, सक्षम र पारदर्शी कार्यालय निर्माण अभियानमा जुट्न सबै कर्मचारीलाई सभामार्फत अनुरोध गरिएको छ ।


साथै धेरै समय करारमा रहेका कर्मचारीको उचित व्यवस्थापन संस्थानले नगरेकामा निन्दा गर्दै छिटो भन्दा छिटो रोजगारीको ग्यारेन्टी र उपयुक्त नीतिगत व्यवस्था गर्न सभाले माग गरेको छ ।कर्मचारी संघले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा कार्यरत श्रमिकलाई सूचीकृत गर्न ढिलाई भएकोमा छिटो भन्दा छिटो नीतिगत व्यवस्था मिलाउन व्यवस्थापनलाई आग्रह गरेको छ ।


सभामा कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले संविधानमा उल्लेख भएको जनताको स्वच्छ पानी पिउन पाउने नैसर्गिक अधिकारलाई संस्थानले प्रभावकारी ढंगबाट ग्रहण गरेर उपयुक्त नीति लिन आवश्यक रहेको बताए ।


कार्कीले कर्मचारी संघको मागलाई सम्बवोधन गर्दै छिटो भन्दा छिटो समस्या समाधान गर्न संस्थान नेतृत्वलाई सुझाव दिए ।सरकारले आँफै बनाएको सामाजिक सुरक्षा कोषमा दोहोरो नीति लिँदा संस्थानमा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समाहित गर्न नसकेको बताए । उनले सामाजिक सुरक्षा कोषको कार्यान्वयन गरेर संस्थान अब्बल बन्न सञ्चालक समिति र व्यवस्थापनलाई सुझाव दिएका थिए ।


नीतिगत समस्या समाधान गर्ने कदमलाई नेपाली कांग्रेसको तर्फबाट गर्नुपर्ने सबै सहयोग प्राप्त हुने ठोकुवा गरेका कार्कीले श्रमिकको समस्या समाधान पहिलो कदम हुनुपर्नेमा जोड दिएका थिए ।नेपाल सार्वजनिक सेवा कर्मचारी संघ कोशी प्रदेशका अध्यक्ष प्रकाश सापकोटाले संघको कार्यलाई समर्थन गर्दै श्रमिकको हरेक मुद्धाको सुनुवाई नभए संघर्ष गर्न तयार रहेको उल्लेख गरे ।


नेपाल ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागु गर्न सरकार उदासिन भएको भन्दै दोहोरो चरित्रका कारण खानेपानी संस्थानमा कार्यरत श्रमिकलाई हालसम्म कोषमा समावेश गराउन नसक्नु व्यवस्थापनको कमजोर कार्यनीति र शैलीका कारणले समस्या पैदा भएको बताए ।उनले खानेपानी संस्थानका सबै समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्व आवश्यक भएको बताए । कोइरालाले पानी जस्तो संवेदनशील कार्यालयमा काम गर्ने कर्मचारीमाथि परेको विभेद् र पीरमर्कालाई व्यवस्थापनले नसुन्दा जनतालाई दिने सेवामा फरक पर्दै गएकोसमेत इङ्गित गरे ।


संघका अध्यक्ष केदार धमलाले सबैको हितमा हुने कार्यलेमात्र संस्थानको भविष्य उज्ज्वल हुने बताए । उनले सबै तहका कर्मचारी एक भएर उभिनुपर्ने समय आएको स्पष्ट पारे । अध्यक्ष धमलाले संस्थाको व्यवस्थापनलाई अवकाशको दिन गनेर नबस्न आग्रह गर्दै भविष्यमा बलियो र भरपर्दो संस्थान निर्माण अभियानमा जुटन आग्रह गरेका थिए ।संघका वरिष्ठ उपाध्यक्ष राजु बस्नेतले संस्थान जोगाउने अस्त्र नै कर्मचारी सेवा शर्त र विनियमावली भएकाले प्राप्त गर्न कुनै कसुर बाँकी राख्न नहुने स्पष्ट पारे ।


नेपाल सार्वजनिक सेवा कर्मचारी संघ राष्ट्रिय समितिका सदस्य बुद्धिप्रकाश केसी, नेपाल खानेपानी संस्थान कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष मेनुका बराल, कर्मचारी संघ अन्तर्गत युवा समितिका संयोजक मनोज अधिकारीलगायतले बोलेका थिए ।संघका केन्द्रीय अध्यक्ष केदार धमलाको अध्यक्षतामा भएको सभामा उपाध्यक्ष सरजुन केसीले स्वागत र महासचिव पदमहरि राईले कार्यक्रम सञ्चालन गरेका थिए ।सभामा निवृत्त भएका कर्मचारी तथा संघका उपाध्यक्ष सुधिरकुमार सिं (जनकपुर शाखा) लाई कदरपत्रसहित बिदाई गरिएको थियो


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist