पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको आदिवासी जिल्ला कुर्रममा यात्रुवाहक सवारीसाधनमा गोली चलाइँदा कम्तीमा ३८ जनाको मृत्यु भएको छ । यसबाहेक १९ जना घाइते भएका छन् ।
घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । कुर्रम जिल्लाको मदारवी क्षेत्रमा प्रहरी निगरानीमा पारा चिनार क्षेत्रबाट केही सवारीसाधन आइरहेका थिए । सोही क्रममा खुला सडकमा ती सवारीसाधनमाथि आक्रमण भएको बीबीसीको समाचारमा उल्लेख छ ।
आक्रमण कसले गरेको हो भन्ने खुलिसकेकाे छैन ।