Latest
अर्को
Prev

उपनिर्वाचनलाई आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न दिँदै आयोग

सेयर गर्नुहोस

मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न दिने कार्यक्रम रहेको छ । 


आयोगले मंगलबार उम्मेदवारको नामावली सार्वजनिक गरेसँगै आज उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली सार्वजनिक गर्ने र उम्मेदवारलाई चुनाव चिह्न दिने कार्यक्रम रहेको आयोगले जानकारी दिएको छ । 


आयोगले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने बताएको छ । 


त्यस्तै आयोगले आज अपराहन्न १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्बजनिक गर्ने जनाएको छ ।  त्यस्तै आजै आयोगले आजै उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यसूची रहेको छ । 


यस अघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा ४१० उम्मेदवारले मनोनयन दर्ता गरेका थिए । 


अहिले रक्त रहेका ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको छ । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।


उपनिर्वाचन हुने स्थनीय तहमध्ये सबै भन्दा धेरै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तीन जना, जिल्ला समन्वय समिति प्रमुख २ जना उपप्रमुख,उपाध्यक्ष तीन जना र वडाअध्यक्ष १६ जना छन् भने नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष छन् ।


माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक जना र स्वतन्त्रबाट निर्वाचित एक जना वडा अध्यक्षको निधन भएको थियो । 


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist