राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने जानकारी दिए ।
रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भएमा राजनीतिक प्रतिशोध साध्न खोजिएको आरोप लगाउँदै उनले दोस्रो चरणको आन्दोलन गर्नु परेको बताएका छन् ।
एकपछि अर्को मुद्दामा अनुसन्धान गर्ने भन्दै लामिछानेको हिरासत अवधि लम्ब्याइनु दुखद रहेको उनको भनाइ छ।