पोखरा – जीवनका यथार्थपरक शब्द समेटिएको मिम प्रसाद पौडेलको रचनामा ‘कहिले जीत हुन्छ’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ ।
सर्जक पौडेलकै लय रहेको उक्त गीत ब्राइटर मिडिया नेटवर्कमार्फत सार्वजनिक भएको हो ।
गीतमा स्वर र सङ्गीत दुवै केशव बादीको रहेको छ भने गितारमा विकास सुनारले साथ दिएका छन् ।भुवन गन्दर्भले तबलामा साथ दिएको उक्त गीतमा रत्न बि क ले धुन दिएका छन् ।
म्युजिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई यति बेला दर्शकहरूले जीवन सँग मेल खाने यथार्थपरक शब्द समेटिएको प्रतिक्रिया दिएका छन् ।
गीतको सब्द यस्तो छ:-
कहिले जीत हुन्छ कहिले हार्नु पर्छ,
जिन्दगी हो आँशु , हाँसो दुवै स्वीकार्नु पर्छ
कहिले साँच्चै हारे कहिले बाहाना सँग हारे
सपना मै सिमित हजारौ चाहना सँग हारे
दिउसै जून देखिदैन रात पर्नु पर्छ
जून देख्नको लागि पनि त रात स्वीकार्नु पर्छ
देख्ने गरि जीत्न, हार्न खेल खेले हुन्छ
आफै संग हार्न त दु:ख झेले हुन्छ त्
यसै सुख मिल्दैन दु:ख टार्नु पर्छ
दु:ख बिना सुख हुन्न दु:ख स्वीकार्नु पर्छ
उक्त गितको भिडियो हेर्न तलको लिंकमा जानुहोला l