Latest
अर्को
Prev

साढे तीन घण्टाको बयानपछि रवि भन्छन् खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन

सेयर गर्नुहोस

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खोरमा थुनिँदैमा बाघ स्याल नहुने बताएका छन् । मंगलबार सरकारी वकिलको कार्यालय रुपन्देहीमा साढे तीन घण्टाभन्दा पनि बढी समय बयान दिएर निस्किँदै गर्दा उनले आफ्ना समर्थकतर्फ फर्केर हात हल्लाउँदै त्यस्तो भनेका हुन् । उनले भने, ‘खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन ।’


सुप्रिम सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि पोखराबाट मंगलबार नै रुपन्देही ल्याइएका उनीसँग सरकारी वकिलको कार्यालयमा तीन घण्टा ३५ मिनेट बयान लिइएको हो ।


जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले मंगलबार दिउँसो सवा १ बजेबाट सुरु गरिएको बयान ४ बजेर ५० मिनेटसम्म जारी रहेको बताए । बयान नसकिएकाले बुधबार पनि बयान लिइनेछ । रविले इन्कारी बयान दिएका थिए । उनले आफूले सहकारीबाट पैसा नलगेको बताएका थिए ।


बयानपछि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको छ । जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले लामिछानेलाई मंगलबार जिप्रकामै राखिने र बुधबार पुनः बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिने बताए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist