Latest
अर्को
Prev

वायु प्रदुषण उच्च भएपछि पाकिस्तानको लाहोरमा लकडाउन

सेयर गर्नुहोस

पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरको वायु प्रदुषण उच्च भएपछि त्यहाँ लकडाउन गरिएको छ । लाहोर शहरको वायु गुणस्तर सूचक एक्यूआई एक हजार नाघेपछि स्थानीय प्रशासनले विद्यालय एक साताका लागि बन्द गरेको हो । 


त्यस्तै लाहोरको वायु प्रदुषण झन बढ्दै गएपछि कर्मचारीलाई घरबाटै काम गर्न निर्देश गरिएको छ । पञ्जाबका मूख्यमन्त्री मरियम अराङजेबले शहरलाई प्रदुषणले ढाकेको भन्दै बालबालिकालाई घरमै राख्न अनुरोध गरेका छन् । 


स्थानीय सरकारले घरका झ्याल ढोका लगाएर सुरक्षित बस्न सर्वसाधारणलाई आग्रह गरेको छ। मुख्यमन्त्री अराङजेबले भेइकल प्रदुषण कम गर्नका लागि कर्मचारीलाई घरबाटै काम गर्न पनि आग्रह गरेका छन् ।


प्रशासनले तीन पाङ्ग्रे अटो, निर्माणका कामलाई तत्काल निषेध गरेको छ । हानिकारक सूक्ष्म कणको स्तर खतरनाक तहमा पुगेपछि सरकारले कडाइ गर्न थालेको हो ।


लाहोर विश्वकै सबैभन्दा प्रदुषित शहर बनेको यो दोस्रो पटक हो । एक्यूआई अनुसार तीन सयको अंकलाई खतरनाक मानिएपनि लाहोरको एक्यूआइ एक हजार भन्दा माथि जानु अत्यन्तै गभ्भीर भएको मानिन्छ। 


भारतको राजधानी नयाँ दिल्ली विश्वकै दोस्रो प्रदुषित शहर बनेको छ । 


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist