Latest
अर्को
Prev

भारतविरुद्ध नेपालको सानदार प्रदर्शन

सेयर गर्नुहोस

दशरथ रंगशालामा आइतबार भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–२ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा थियो । अझ नेपालले १० खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो । त्यसैले यो जित समग्र नेपाली फुटबल इतिहासकै अभूतपूर्व मानिनेछ । अब बुधबार हुने उपाधिको भिडन्तमा नेपालले डिफेन्डिङ च्याम्पियन बंगलादेशको सामना गर्नेछ ।फुटबलमा इतिहास दोहोरिन्छ भनिन्छ, यसपल्ट ठीक त्यस्तै भएको छ ।


सन् २०२२ मा दशरथ रंगशालामै भएको यस प्रतियोगिताको फाइनलमा बंगलादेश र नेपाल नै पुगेका थिए । सेमिफाइनलमा बंगलादेशले भुटान र नेपालले भारतलाई नै हराएका थिए । यसपल्ट पनि त्यही भयो । बंगलादेशले आइतबार नै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ ले हरायो । अब भने नेपालले फाइनलमा इतिहास दोहोर्‍याउने होइन, नयाँ इतिहास रच्ने अवसर आएको छ– बंगलादेशलाई हराएर पुरानो बदला लिने ।


नेपाल दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा फाइनल पुगेको यो छैटौंपल्ट हो । नेपाली महिला फुटबल इतिहासमै फाइनल पुगेको भने यो समग्रमा १२ औं पल्ट हो । तर, नेपालले अहिलेसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । त्यसैले उपाधिका लागि नेपालले अहिलेसम्मकै उत्कृष्ट खेल पस्किनुपर्नेछ । ‘हामी फाइनलका लागि तयार छौं, हामीले धेरैपल्ट नजिक पुगेर उपाधि गुमाएका छौं । अब भने साँच्चै जित्ने पालो आएको छ,’ प्रशिक्षक राजेन्द्र तामाङले भने ।


खेलमा पूर्णतः छाएकी सावित्रा भण्डारीले नेपाली फुटबल र यसका समर्थकका लागि आफूहरूले जितेको प्रतिक्रिया दिइन् । खासमा यो यस्तो खेल रह्यो, जसलाई पछि सावित्राको खेल भनेर पनि चिनिनेछ । तर, उनले श्रेय आफ्नो टिमलाई दिएकी छन् । ‘आज हाम्रो खेल हेर्न यति धेरै दर्शक रंगशालामा आएका थिए, त्यति हामीले अपेक्षा गरेका थिएनौं । त्यसैले सुरुमा आत्तियौं पनि । तर, महिला फुटबललाई माया गर्ने तिनै दर्शकका लागि हामीले कडा मिहिनेत गरेर खेल्यौं र जित्यौं ।’


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist