इजरायली सेनाको आक्रमणमा हमास प्रमुख याह्या सिनवारको मृत्यु भएको छ ।
इजरायली विदेश मन्त्री इजरायल कात्जले बिहीवार गाजामा इजरायली सेनाले चलाएको एक अभियानमा हमास प्रमुख सिनवारको मृत्यु भएको पुष्टि गरेका छन् ।
गत वर्ष अक्टुबरमा इजरायलमाथि भएको आक्रमणको सिनवार प्रमुख योजनाकार रहेको इजरायलले बताउँदै आएको थियो ।
यता, हमासको तर्फबाट हालसम्म सिनवारको मृत्यु भए नभएको बारे कुनै प्रतिक्रिया आएको छैन ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दुश्मन मारिए पनि युद्ध अझै जारी रहने बताएका छन् ।