प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग टीकाग्रहण गरेका छन्। राष्ट्रपतिनिवास शीतलनिवास पुगेर प्रधानमन्त्रीले टीका ग्रहण गरेका हुन्। उनीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेललगायत राष्ट्रपतिनिवास पुगेका थिए।
सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, मन्त्रीहरू, सांसदहरू, सुरक्षा निकायका प्रमुखहरू,सरकारका उच्च पदस्थ कर्मचारी अधिकारीहरूलाई टिका लगाइदिए । राष्ट्रपति पौडेलले विजया दशमीको दिन विशिष्ट व्यक्तिकासाथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टिका लगाइदिए ।