Latest
अर्को
Prev

पानी कुलोको विवादमा विरगञ्जका मेयरले नेता लामिछानेको कठालो समातेपछी छोरासहित तीन जना घाइते

सेयर गर्नुहोस

नेपालीहरुको महान् चाड दशैँ शुरु भइसकेकामा नगरवासीहरुको सेवा सुविधालाई ध्यान दिनु पर्ने मेयर सिंहले सोमबार बिहान आफ्नो बुबा समान उमेर भएका नेपाली कांग्रेस पर्साका पुराना नेता वडा नं १७ का बुथ सभापति शिवओमबहादुर लामिछानेको एक्कासी कठालो समातेर लछार पछार गर्न खोजेका थिए । 


लामिछानेका छोरा सुदर्शन लामिछानेले प्रतिकार गर्न खोज्दा मेयर सिंहसँगै रहेका नगर प्रहरीहरुले सुदर्शनलाई कुटपिट गरी गाडीमा राखेर अपहरणको शैलीमा भागेका थिए ।


पानीको कुलो सम्बन्धी विवाद बढेको र मेयरले कठालो समातेपछि आफूले पनि मेयरको कठालो समातेको शिवओम लामिछानेको भनाइ छ।


‘छोरा सुदर्शनको अगाडि नै मेयरले मलाई कठालो समातेर अपमान गरेको उसले देख्न सकेन उसले प्रतिकार गर्न खोज्दा मेयर सिंह र उनीसँग रहेका नगरप्रहरीले  छोरालाई कुट्दै जबर्जस्ती गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका छन्’, शिवले भने ।


अर्काको श्रीमतीलाई आफ्नो नक्कली श्रीमती बनाई उनकी छोरीलाई नागरिकता दिलाएकोमा कारबाहीको माग गर्दै निकालिएको जुलुशमाथि मेयर सिंहका व्यक्तिले  आक्रमण गर्दा नेविसंघ पर्साका अध्यक्ष ई.रमेश यादवको नाक भाँचिएको र उनको उपचार राजधानी काठमाडौँमा गराइएको थियो ।


नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ का सभापति मोहमद सहाबुद्दिनले मेयर राजेशमान सिंहको गुण्डागर्दीले सीमा नाघेको भएता पनि सरोकारवाला सबै चुप भएर बसेको बताए । उनले आफू जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर घाइते भएका सुदर्शनको उपचार गराएर घर पठाएको बताए ।


सुदर्शन लामिछानेले आफ्नो टाउकोमा ६ वटा टाँका लागेको र आफूसँगै शुखाडी राउत कुर्मी, प्रयास राउत कुर्मी घाइते भएकाले जिल्ला प्रहरी कार्यालय पर्सामा घाउ जाँच केश फारम गराई मेयर राजेशमान सिंहमाथि आजै कारबाहीको लागि उजुरी दर्ता गराएको बताए ।


आज गाउँलेहरु वीरगन्ज सिर्सियाको मुख्य सडकमा ब्यानर राखेर धर्ना रिले अनसन बसेका छन् । मेयर राजेशमान सिंहले गाउँलेहरुको अगाडि पुगेर माफी नमागेसम्म रिले अनशन जारी रहने र कीर्ते नागरिकता प्रकरणमा मेयर सिंहमाथि दशैँपछि कारबाही अगाडि नबढाए गृहमन्त्री रमेश लेखकको पुत्ला आफ्नै नेतृत्वमा दहन गरी विरोध प्रदर्शन गर्ने कुरा आजै टेलिफोन मार्फत गुहमन्त्री लेखकलाई जानकारी गराएको मोहमद सहाबुद्दिनको कथन थियो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist