Latest
अर्को
Prev

दुर्गा प्रसाईंका समर्थकले आगजनी गरेको ट्रकका चालकको मृत्यु

सेयर गर्नुहोस

केही समयअघि दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ ।


बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई असोज ७ गते डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।


बीएण्डसी अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईँलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतका नागरिक प्रतिरक्षा बल (पीडीएफ) ले झापाको यातायात बन्दको क्रममा भारतीय ट्रकमा आगजनी गरेका थिए ।


आगलागीबाट ट्र्कको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्र्कका चालक भारत इस्लामपुर बस्ने वर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए ।


यस घटनामा संलग्न रहेको आरोपमा प्रसाई नेतृत्वको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भिम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।


चालकको उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बंगाल मेडिकल कलेजमा भइरहेको अवस्थामा शनिबार मृत्यु भएको हो ।


चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सीमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए । घटनापछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर शव नेपाल ल्याइएको छ । 


उक्त शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । 


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist