Latest
अर्को
Prev

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने दुई लाख बढी

नेपाली पैसा रुपैयाँ
सेयर गर्नुहोस

सरकारले व्यक्तिगत विवरणको अभिलेख राख्दा नागरिकता र राष्ट्रिय परिचयपत्रमार्फत एकद्वार प्रणाली लागू गर्ने प्रक्रिया सुरु गरेपछि चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २ लाख ३६ हजार ४ सय २३ जनाले सामाजिक सुक्षा भत्ता कार्ड नवीकरण गराएका छैनन् ।


लाखौंको संख्यामा नवीकरण नभएको यो पहिलो भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।


सामाजिक सुरक्षा भत्ता लिने व्यक्तिले हरेक वर्षको साउनदेखि भदौ मसान्तसम्म पायक पर्ने जुनसुकै स्थानीय तहमा आफैं उपस्थित भएर भत्ता कार्ड नवीकरण गर्न सक्ने कानुनी व्यवस्था छ । कतिपय नागरिकले राज्य कोषबाट दोहोरो सुविधा लिएको वा पेन्सन कार्ड र नागरिकतामा जन्ममिति फरक परेको र विगतमा स्थानीय तहले मृत्यु भएकाहरूको पनि लगत कट्टा नगरेको विवरण पत्ता लाग्ने भयले पनि नवीकरणका लागि निवेदन नै दर्ता नगरेको अनुमान राष्ट्रिय परिचयपत्र विभागको प्रारम्भिक अनुमान छ ।


यति ठूलो संख्यामा नवीकरण नहुनु अनुसन्धानको विषय भएको विभागका महानिर्देशक युवराज कट्टेल बताउँछन् । केही हजार नागरिकका लागि नवीकरण गर्ने समय नमिलेको होला । तर लाखौं जनाले निवेदन नै नदिनु कतै न कतै व्यक्तिको कमजोरी हुन सक्ने कट्टेलको अनुमान छ । नवीकरणको यही तथ्यांक कायम रहने हो भने राज्य कोषबाट खर्च हुँदै आएको भत्ताबापतको ४ अर्बभन्दा बढी रकम जोगिनेछ ।


भत्ता लिने लाभग्राहीमध्ये धरैको उमेर सच्याएको, दोहोरो सुविधा लिएको, विदेशी ग्रिन कार्ड बनाएको तथा विदेशमै बसेर भत्ता बुझिरहेको परिचयपत्र तथा पञ्जीकरण विभागको प्रारम्भिक अनुमान छ । ‘हामीले केही प्रमुख जिल्ला अधिकारीबाट सूचना पनि पाउन थालेका छौं,’ महानिर्देशक कट्टेलले भने, ‘पेन्सन र सामाजिक भत्ता दुवै लिएको र वडा सचिवको मिलेमतोमा नागरिकता सच्याएर सुविधा लिएको अनौपचारिक सूचना प्राप्त भइरहेको छ । त्यस्ता व्यक्ति नवीकरणमा आउॅदैनन् ।’


विगत वर्षमा आफू जहाँ भए पनि स्थायी ठेगानामा फोन गरेर वा कसैलाई कार्ड पठाएर नवीकरण हुने गर्थ्यो । तर आफैं उपस्थित हुनुपर्ने भएपछि विदेश गएकामध्ये धेरै छुटेको हुन सक्ने विभागको अनुमान छ । पेन्सन लिइरहेका भए पनि विदेशी मुलुकको ग्रिन कार्ड बनाएकाहरूको हकमा तत्काल राष्ट्रिय परिचयपत्रको बयोम्याट्रिक लिइएको छैन ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist