नेप्से २५ सय विन्दुमाथि उक्लिएको छ । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक १ दशमलव ९९ प्रतिशत बढेर २ हजार ५१९ दशमलव ५७ विन्दुमा पुगेको हो ।
कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब ६८ करोड बराबरको कारोबार भएकोमा आज रू. ४ अर्ब ८१ करोडमा झरेको छ ।
बजार लगातार घट्दा कम्पनीहरूको शेयर मूल्य तल्लो विन्दुमा आएको छ, जसका कारण खरीदकर्ता आकर्षित भएपछि बजार बढेको जानकार बताउँछन् ।
शेयर मूल्य सस्तो भएकाले संस्थागत र ठूला लगानीकर्ता पनि आकर्षित हुन सक्ने सम्भावना देखिन्छ । सस्तो मूल्यमा धमाधम क्रेता आउन थाले भने बजारमा खरीद पक्ष मजुबत हुने जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स १ दशलमव ७८ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव १० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव १९ प्रतिशत वृद्धि भएको छ ।