Latest
अर्को
Prev

राउटे युवकको क्षयरोगले मृत्यु

राउटे युवक वृषबहादुर शाही
सेयर गर्नुहोस

लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षका वृषबहादुर शाही रहेका छन् । ६ महिना अघिबाट बिरामी शाहीलाई भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको थियो । अस्पतालमा चेक गर्दा उनलाई डाक्टरले सरूवा टिबी/क्षयरोग भएको बताएका थिए ।


उनको कलेजो, मुटुमा पनि धेरै क्षति पुगिसकेकोले उपचार हुन नसक्ने भनेपछि अस्पतालले डिस्चार्ज गरिदिएको थियो । डिस्चार्जपछि बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका-१ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यान काँधमा बुधबार राति ९ बजेतिर मृत्यु भएको राउटे परियोजनामा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीले बताए ।


उनका अनुसार सुरूमा राउटेले उपचार गर्न ल्याउन दिएनन् । धेरै प्रयास गर्दा पनि उनलाई समयमा अस्पताल ल्याउन नसकिएको उनले बताए । अन्तिममा बिरामीले आमाबुवाले नमाने पनि मलाई उपचारका लागि लैजानुस् भन्दा अस्पताल ल्याएको उनको भनाइ छ ।


मृतक राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १ सय ३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ भने ३१ जनाको जन्म भएको छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist