विवादास्पद अभिव्यक्ति दिँदै हिँड्ने व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अदालतको अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेपछि ब्युरोले उनलाई पक्राउ गर्नका लागि जिल्ला अदालतसँग अनुमति मागेको थियो ।
जथाभावी अन्तर्वार्ता दिने र भाषण गर्ने प्रसाईंविरुद्ध साइबर ब्युरोले अब पक्राउ गरी अनुसन्धान गर्न पाउनेछ । आफूलाई राजावादी कित्तामा उभ्याएका प्रसाईं अन्तर्वार्ता तथा भाषणहरू नेताहरूलाई जथाभावी गाली गरिरहन्छन् ।