पोखरा २० भदौ ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्य समितिले एक समारोह गरी स्थापना दिवश मनाएको छ । युनियनले पाेखरा महानगरपालिका १४ मा रहेकाे बात्सयन वृद्धश्रममा खाद्यन्न सामाग्री वितरण गरेकाे छ ।
नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्य समितिका अध्यक्ष दिपक रेग्मीको अध्यक्षतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमा अध्यक्ष दिपक रेग्मीले कार्यक्रमको महत्व माथी प्रकास पार्दै वृद्ध आमा वुवालाइ युनियनको स्थापना दिवस र हरितालिका तिजको अवसरमा खाद्यन्न सामाग्री वितरणले छोराछोरीको अनुभूती हुने र एक्लो पनकाे अनुभूती नहुने विश्वास व्याक्त गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयका सचिव केशवराज ढकाल रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी ढकालले युनियनले सामाजिक उत्तरदायित्व बहन गर्दै समाजका लागि सदैव लागिरहन सुझाव समेत दिनुभएको थियो । उहाँले प्रदेश सरकारले आगामी दिनमा यस वृद्धश्रमलाइ सहयाेग गर्ने समेत वताउनु भयाे । साथै युनियन स्थापना दिवसको उपलक्ष्यमा सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरूमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
बात्सयन वृद्धश्रमका अध्यक्ष ललित वहादुर वाँनीयाले बात्सयन वृद्धश्रमका वारेमा जानकारी गराउनु भएकाे थिएाे । कार्यक्रममा युनियनका केन्द्रीय सदस्य काशिराज पण्डीत पुर्व केन्द्रीय सदस्य कृष्ण प्रसाद अर्याल, रामचन्द्र पौडेल, निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेस कुमार श्रेष्ठ, पूर्व अध्यक्ष डार्विन लम्साल, नि वर्तमान गण्डकी प्रदेस सचिव विनोद रेग्मी , काेषाध्यक्ष राजन तिमिल्सिन ,लगायतका युनियन कर्मीहरुको उपस्थित रहेको थिएाे । वृद्धश्रममामा १६ जना वृद्ध आमावुवाहरु रहनुभएको थिएाे ।
युनियन गण्डकी प्रदेसका जिल्लाहरुमा पनि स्थापना दिवसका अवसरमा कार्यक्रम भएको थिएो । नवलपुमा पोशाक वितरण गाेरखा र स्याङजा र लमजुङमा खाद्यन्न तथा फलफुल वितरण वाङलुङमा रक्त्तदान मनाङमा वृक्षाराेपण तनहुँमा हाजिर जवाफ प्रतियोगिता भएको जिल्ला जिल्लावाट युनियन कर्मिहरुले जानकारी दिएका थिए । युनियनले कार्यक्रमको सञ्चालन सचिव टेकनारयण सुवेदीले गरेका थिए ।