Latest
अर्को
Prev

नारायणगढ-मुग्लिन सडकमा दुई ठाउँमा पाँच गाडी दुर्घटना

सेयर गर्नुहोस

नारायणगढ-मुग्लिन सडकमा आइतबार बिहान जुगेडीमा तीन वटा र सिमलतालमा दुईवटा गाडीहरू आपसमा ठक्कर खाएका छन् । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार सिमलतालमा गाडी ठोक्किँदा तीन जना घाइते भएका छन् ।


जुगेडीमा बिहानपख तीन बजेर २० मिनेट जाँदा मुग्लिनबाट नारायणगढ आउँदै गरेको बा ११ च ८२६२ नम्बरको टाटा सफारीले अगाडि रोकेको बा प्र ०३-००१ च १७७० नम्बरको जिप र त्योभन्दा अगाडि रहेको ग २ च ४३३६ नम्बरको अर्को जिपलाई ठक्कर दिएको थियो । यो घटनामा कुनै मानवीय क्षति नभएको चितवन प्रशासनले जनाएको छ । भरतपुर महानगरपालिका-२९ जुगेडी प्रहरी चेकपोस्ट अगाडि उक्त घटना भएको हो ।


त्यस्तै आइतबार बिहान ६ बजेर ३५ मिनेट जाँदा सिमलतालमा भारतीय बससँग मिनी ट्रक ठोक्किएका छन् । बसका यात्रुलाई केही भएको छैन । ट्रकमा रहेका तीनजना घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । भरतपुर-२९ मा पर्ने उक्त ठाउँमा मुग्लिनबाट नारायणगढ आउँदै गरेको ग २ ख ११०८ नम्बरको मिनी ट्रक र मुग्लिनतर्फ जाँदै गरेको एआर ०१ टी ६३७२ नम्बरको भारतीय बस ठक्कर खाएका थिए । ठक्करपछि बसका चालक फरार छन् ।


ट्रकका चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ का २८ वर्षीय राजन क्षेत्रीको दाहिने हातमा चोट लागेको छ । ट्रकमा रहेका बारा देवल गाउँपालिका-५ का ३० वर्षका मञ्ज रावल बरईको घाँटीमा चोट छ । उनका ६ वर्षीय छोरा आशिष रावल बरईको पेटमा भित्री चोट रहेको प्रहरीको भनाइ छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist