टुँडिखेलमा गौरा पर्व मनाउने क्रममा नेताहरु विरुद्ध नाराबाजी भएको छ ।
आज टुँडिखेलमा भइरहेको गौरा पर्व विशेष कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, भीम रावललगायत नेताहरु सहभागी भईरहेको स्थलमा प्रधानमन्त्री केपी ओली शर्मा, शेरबहादुर देउवा लगायत नेता विरुद्ध नाराबाजी भएको हो ।
युवाहरूले अमर्यादित नाराबाजी गरेपछि आयोजकले रोक्न सकेनन् । नेताहरूले भाषण गरे पनि युवाहरूको होहल्लाले भाषण गर्ने वातावरण बनेन । त्यसपछि प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको बताए ।
त्यसपछि बोलेका भीम रावलको खासै विरोध भएन । रावलपछि देउवाले बोल्दा झनै धेरै नाराबाजी भएको थियो । त्यसपछि देउवाले दर्शकलाई भने, ‘‘कार्यक्रम बिथोल्ने, लाज छैन, यही हो नेपालको चलन ?’