भारतीय राज्य विहारको देवघर तीर्थयात्रामा गएको एक नेपाली बस दुर्घटनामा परेको छ । शनिबार बिहान ११ बजे नेपालबाट गएको बस भारतमा आज बिहान ३ बजे पल्टिएको हो ।
भारतीय अनलाइन समाचार अमरउज्वलाका अनुसार राजमार्ग २८ क्षेत्रमा दुर्घटना भएको हो । ४३ जना सवार बसका २५ जना यात्रु घाइते भएको बताइएको छ । बसको एक्सल टुटेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनाबाट घाइते नेपाली यात्रुहरू प्राथमिक उपचार सकेर फर्केका छन् ।