तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनामा मृतकको शवहरू लिन र घाइते यात्रीहरूलाई भेट्न भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से शनिबार बिहान काठमाडौं आएकी छन् ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार उनी शुक्रबार भएको दुर्घटना र उक्त दुर्घटनामा मृत्यवरण गरेका तथा घाइते भएका भारतीयहरूको बारेमा बुझ्न आएकी हन् । उनले शनिबारै मृतकहरूको शव लिएर जाने तयारी रहेको परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ ।
भारतको गोरखपुरबाट पर्यटक लिएर नेपाल घुम्न आएको बस शुक्रबार बिहान पोखराबाट काठमाडौं आएँदै गर्दा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो । घाइते १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार हुंदैछ।
दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडाैेंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ।