Latest
अर्को
Prev

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

चोरी र पक्राउ
सेयर गर्नुहोस

ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । एक बालिकालाई विभिन्न प्रलोभन देखाई पटक–पटक करणी गरेको आरोपमा २७ वर्षीय वीरबहादुर विक पक्राउ परेका हुन् ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार विक खाम्लुङको दोभान बजारबाट पक्राउ परेका हुन् । पीडित बालिकाको पक्षबाट प्रहरीमा दिएको जाहेरीको आधारमा आरोपित विकलाई पक्राउ गरिएको पनि प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो ।


जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीअनुसार विकले पहिलो पटक गत वैशाख ५ गते, दोस्रो पटक वैशाख ८ तेस्रो पटक साउन २९ गते बालिकालाई जबरजस्ती करणी गरेका थिए । 


यता पक्राउ परेका विकमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको पनि प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist