Latest
अर्को
Prev

विद्यार्थीलाई यौन दुरुपयोग गर्ने शिक्षक पक्राउ

शिक्षक विष्णु तिमिल्सेना पक्राउ
सेयर गर्नुहोस

कैलाली प्रहरीले विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ ।


प्रहरीले धनगढीस्थित धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका २२ वर्षीय शिक्षक विष्णु तिमिल्सेनालाई पक्राउ गरेको हो । बाजुराको त्रिवेणी नगरपालिका–७ घर भएका ती शिक्षक धनगढी उपमहानगरपालिका–८ मा बस्दै आएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यौन दुरुपयोग गर्ने शिक्षक विष्णु तिमिल्सेना
यौन दुरुपयोग गर्ने शिक्षक विष्णु तिमिल्सेना

तिमिल्सेनाले आफू पढाउने विद्यार्थीलाई गत साउन ३० गते दिउँसो धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चौकस्थित आफ्नो बहिनीको कोठामा बोलाएर बाल यौन दुरुपयोग गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist