Latest
अर्को
Prev

मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

सेयर गर्नुहोस
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । उनी  गत ७ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरे । 


उनको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन् ।


आचार्यलाई नेकपा एमाले, नेपाली कांग्रेससहित जसपाका २, जसपा नेपालका १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।


उनलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएनन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist