Latest
अर्को
Prev

सातै प्रदेशमा क्यान्सर उपचार, प्रधानमन्त्री ओलीले दिए मन्त्री पौडेललाई धन्यवाद

सेयर गर्नुहोस

३० साउन, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेको छ । कार्यबिधी पारित गरेपछि सबै प्रदेशमा क्यान्सर उपचारको सेवा विस्तार हुने भएको छ । कार्यबिधी पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत मन्त्री पौडेललाई धन्यवाद दिएका हुन् ।


प्रधानमन्त्री ओलीले यसरी दिएका छन् धन्यवाद


अब सातै प्रदेशमा क्यान्सर उपचार ! आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेपछि सबै प्रदेशमा क्यान्सर उपचारको सेवा विस्तार हुने भएको छ । अब चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, नेपालगञ्जको सुशील कोइराला क्यान्सर अस्पताल सहित कोशी प्रदेश अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध हुने छ । निर्णयमा अग्रसरता लिनु भएकोमा स्वास्थ्यमन्त्री माननीय प्रदीप पौडेललाई धन्यवाद !


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist