निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) को ‘आईएसएसए’ (आएटा स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट) कार्यक्रमको मापदण्ड हासिल गरेको छ ।
उड्डयन क्षेत्रमा आईएसएसएको यो प्रमाणपत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने वायुसेवालाई मात्र प्रदान गरिन्छ ।
यस विषयमा यतीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाष सापकोटाले आईएसएसएको प्रमाणपत्र प्राप्त गर्न पाउँदा धेरै नै खुसी लागेको बताए ।
‘हवाई सुरक्षा र परिचालन प्रक्रियाको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्त्वपूर्ण उपलब्धि हो । यो उपलब्धिले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पण प्रतिविम्बित गरेको छ,’ सीईओ सापकोटाले भने, ‘साथै यात्रुलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’
कम्पनीका अनुसार आएटाद्वारा प्रदान गरिएको आईएसएसएको प्रमाणपत्र यतीको अन्तराष्ट्रियस्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण हो ।