Latest
अर्को
Prev

इटहरीमा काकाबाट नाबालिग भतिजीको हत्या

सेयर गर्नुहोस

सुनसरीको इटहरीमा काकाले इटहरीमा डेढ वर्षीया नाबालिग भतिजीको ब्लेडले चिरेर हत्या गरेका छन् । इटहरी उपमहानगरपालिका- ५ मा डेरा गरी बस्ने शालिग्राम लुइँटेलले भतिजीको क्रूरतापूर्वक हत्या गरेको प्रहरीले जनाएको छ ।


शालिग्रामले भतिजी आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गरेको इटहरी प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट ब्लेडसहित शालिग्रामलाई नियन्त्रणमा लिएको जनाएको छ । शालिग्रामले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको र मानसिक रोगी जस्तो रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


मृतक बालिकाका बुबा नवराज लुइँटेल वैदेशिक रोजगारीमा छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist