Latest
अर्को
Prev

सहरी योजना आयोगका उपाध्यक्ष र दुई सदस्यले मेयर आचार्यलाई बुझाए राजीनामा

सेयर गर्नुहोस

सहरी योजना आयोग पोखराका उपाध्यक्ष र २ जना सदस्यले राजीनामा दिएका छन् ।


पूर्व प्रजिअ समेत रहेका लामिछाने गत असार १३ गते उपाध्यक्षमा नियुक्त भएका थिए । नियुक्तिपछि उपाध्यक्ष लामिछानेसहितको टोलीले ३३ बुँदे कार्ययोजना बनाएको थियो । त्यस कार्ययोजना अनुसार काम गर्न नसकेपछि राजीनामा दिएर बाहिरिएको लामिछानेले बताए । ५ सदस्यीय आयोगका २ सदस्यहरु सुरेन्द्रबाबु तिवारी र मन्दिरा पराजुलीले भने राजीनामा दिएका छैनन् । उपाध्यक्ष प्रेमलाल लामिछानेले नियुक्त हुने बेला बनाइएको कार्ययोजना अनुसार काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको बताएका छन् ।


काम गर्ने माहोल नभएको भन्दै उपाध्यक्ष प्रेमलाल लामिछाने, सदस्यद्वय डा. होमनाथ गैरे र जयप्रसाद सापकोटाले सहरी योजना आयोगको अध्यक्षसमेत रहेका मेयर धनराज आचार्यलाई राजीनामा बुझाएका हुन् । मेयर आचार्यले भने राजीनामा अझै स्विकृत गरेका छैनन् ।


प्रजिअ भएर जिल्ला हाँकेका लामिछाने र अन्य सदस्यलाई जहिल्यै कर्मचारीले मर्यादाक्रम र कामको विषयलाई लिएर तारो बनाएका थिए । जनप्रतिनिधिले पनि आयोगका पदाधिकारीलाई कहिल्यै सहजरुपमा स्वीकार गर्ने माहोल नै बनेन । मेयर आचार्यले पनि पदाधिकारीका समस्या समाधानतिर खासै चासो देखाएनन् ।


उपाध्यक्षसहित ३ जनाको महानगरको दोस्रो पञ्चवर्षीय योजना र मध्यमकालीन खर्च संरचनाको काम बाँकी रहेकाले ती काम सकेर मात्र जान आफूले आग्रह गरेको मेयर आचार्यले बताए । समाधान दैनिकमा खबर छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist