Latest
अर्को
Prev

सुदूरपश्चिममा संसद‍् अधिवेशन आह्वान, नयाँ बजेट आउने सम्भावना

सेयर गर्नुहोस

सुदूरपश्चिममा विशेष अधिवेशन अन्त्य भएपछि प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते प्रदेश सभाको पाँचौं अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले आगामी २७ गते दिउँसो २ बजेको लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।


यसअघि निवर्तनमान मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार ३० गते बजेट अधिवेशन अन्त्यको सिफारिस गरेपछि प्रदेश प्रमुख मियाँले साउनको ४ गते बजेट अधिवेशन अन्त्य गरेका थिए । तर, सोडारीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको थाहा पाएपछि कांग्रेस र एमालेका एक चौथाइ सांसदहरूले विषेश अधिवेशन माग गरेपछि प्रदेश प्रमुख मियाँले साउन ८ गते विशेष अधिवेशन आह्वान गरेका थिए ।


विशेष अधिवेशन बाढीपहिरो प्रभावितहरूलाई राहत,क्षतिपूर्ती दिन सरकारलाई निर्देशन गर्दै साउन २३ गते अन्त्य गरिएको थियो । विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलनका लागि मात्रै ‘सुदूरपश्चिमको सामयिक कर संकलनसम्बन्धी अध्यादेश २०८१’ ल्याएको थियो । उक्त अध्यादेश बिहीबार प्रदेश प्रमुखले प्रमाणित गरेर राजपत्रमा प्रकाशित भएपछि शुक्रबारदेखि करसंकलनको कार्य सुरू भइरहेको छ ।


पाँचौं अधिवेशनमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनेछन् भने यसै अधिवेशनमा बजेट पनि आउने भएको छ । सरकारले प्रतिस्थापन बजेटका रुपमा पूर्ण बजेट ल्याउन लागेको हो । यसअघिका मुख्यमन्त्री सोडारीका पालामा असार १ गते संसदमा प्रस्तुत भएको बजेट टेबुल नै हुन नसक्दा निष्क्रिय भएको थियो ।


‘सकेसम्म मंगलबार नत्र बुधबार विश्वासको मत लिने तयारी भइरहेको छ । विश्वासको मत लिएर बजेट पनि बनाउनुछ । प्रदेशमा बजेट शून्यताको अवस्थाले विकास निर्माण प्रभावित भएका छन् भने सरकारको कामकाजमा पनि समस्या भएको छ,’मुख्यमन्त्री शाहले भने ।




आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist