Latest
अर्को
Prev

कांग्रेसका सभापति देउवाले तोके ३७ वटा विभागीय प्रमुख

सेयर गर्नुहोस

काठमाडौँ २१ साउन ।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभागीय प्रमुख तोकेका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सूची बुझाएपछि देउवाले सोमबार ३७ वटा विभागमा प्रमुख तोकेका हुन् । जसमा युवा नेता धेरै अवसरले पाएका छन् । 


 त्यसैगरि राज्य प्रशासन विभागमा गोविन्द भट्टराई , विद्यार्थी विभागमा राजीव ढुंगाना, शिक्षा विभागमा नैनसिंह महर, स्वास्थ्य विभाग डा. चन्द्रमोहन यादव, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा कल्याणकुमार गुरुङ मनोनित भएका छन्।


यसैगरि सभापति देउवाले नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभागमा लक्ष्मी खतिवडा, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा अजयवावु शिवाकोटी र पूर्व आप्रवासी समन्वय विभागको जिम्मेवारी दिनेश कोइरालालाई दिएका छन् । 


यस्तो छ विभागीय प्रमुखहरुको सूचि  :


-स्थानीय तह समन्वय विभाग मधु आचार्य
अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग मानबहादुर विश्वकर्मा
-संघीय मामिला समन्वय विभाग :  चन्द्रबहादुर केसी
– संसदीय मामिला विभाग :  गोविन्दबहादुर शाह
– कानून विभाग  : मानबहादुर नेपाली 


– पेशागत तथा बुद्धिजीवी विभाग  : डा. डिला संग्रौला
– निर्माण व्यवसाय समन्वय विभाग :  मदनबहादुर अमात्य
– सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग :  शिवप्रसाद हुमागाँइ
– कृषि तथा किसान विभाग उमेश श्रेष्ठ
– खेलकूद विभाग  : उमेशजंग रायमाझी


– प्राकृतिक स्रोत विभाग  : तारामान गुरुङ
– साहित्य, कला तथा संस्कृति विभाग :  विद्यादेवी तिमिल्सिना
– दलित समुदाय समन्वय र सशक्तीकरण विभाग :  लक्ष्मी परियार
– द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग :  कृष्णकिशोर घिमिरे
– मुस्लिम विभाग :  मैकुलाल वाल्मीकि


– वित्तीय संस्था समन्वय विभाग  : कर्णबहादुर बुढा
-;विज्ञान तथा सूचना प्रविधि विभाग :  सुशीला मिश्र भट्ट
– भू.पू. सैनिक विभाग : महेन्द्र कुमारी लिम्बू
– आर्थिक नीति तथा योजना विभाग :  प्रा.डा. गोविन्दराज पोखरेल
– शुभेच्छुक संस्था समन्वय विभाग :  अब्दुल सत्तार


– श्रमिक तथा ट्रेड युनियन विभाग :  हरिशरण नेपाली
– भूमि व्यवस्था तथा भूमिहीन / अव्यवस्थित बसोबास समन्वय विभाग :  नृपबहादुर वड
– मानव अधिकार विभाग  : धना खतिवडा
– ऊर्जा तथा जलस्रोत विभाग : अनिलकुमार रुंगटा
– बालबालिका तथा किशोर /किशोरी समन्वय विभाग :  डा. जीवन राना
– व्यावसायिक सीप विकास :  विभाग गंगालक्ष्मी अवाल
– विपन्न उत्थान समन्वय विभाग :  डा. गोपाल दहित
– सामाजिक संघ संस्था समन्वय विभाग :  अर्जुनप्रसाद जोशी
– धर्म–संस्कृति समन्वय विभाग  : ध्यानगोविन्द रञ्जित रहेका छन्।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist