बंगलादेश । २१ साउन २०८१ सोमवार । बंगलादेशमा कोटा प्रणालीविरुद्ध विश्वविद्यालयका विद्यार्थीहरूले गरेको आन्दोलन सरकारविरुद्ध सोझिएपछि प्रधानमन्त्री शेख हसिना बहिनी शेख रेहानालाई लिएर देश छाडेर भागेको बीबीसी बंगला र ढाका ट्रिब्युनले जनाएको छ। उनि आज दिउँसो करिब साढे २ बजे देश छाडेर सैनिक हेलिकप्टर भारत छिरेको सञ्चार माध्यमहरुले पुष्टि गरेका छन् ।
कर्फ्यूका बीच सोमबार लाखौंको संख्यामा रहेका आन्दोलनकारीले ढाकामा लङमार्च गरेका थिए । सञ्चारमाध्यम एएफपीले पनि स्रोतको हवाला दिँदै शेख हसिना र शेख रेहाना सुरक्षित स्थानमा पुगेको जानकारी दिएको छ ।प्रधानमन्त्री हसिनाले भारत प्रस्थानअघि भाषण रेकर्ड गर्ने मनसाय राखेकी थिइन्, तर त्यसो गर्ने मौका दिइएन ।