चीन ५ साउन २०८१ शनिबार । उत्तरी चीनमा रहेको एउटा राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सीसीटीभीले जनाएको छ।
प्रान्तीय जनसम्पर्क विभागलाई उद्धृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८:४० बजेको भीषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण पुल भत्किएको बताएको हो । राजमार्गको पुल तल नदीमा खसेपछि लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति बेपत्ता भएको समाचारमा उल्लेख छ ।
हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो प्रसारणकर्ताले बताएको छ । राज्यको टीभीमा सार्वजनिक गरिएको तस्वीरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ । उत्तरी र मध्य चीनमा मङ्गलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरबाट प्रभावित भएको छ ।