काठमाडौँ, १५ असार २०८१ । एसईईको नतिजामा नन ग्रेडेड फेल भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा एसईई २०८० मा दुईभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको हो ।
कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।