Latest
अर्को
Prev

पहिरोले कास्कीमा दुईको ज्यान लियो, लमजुङमा चार बेपत्ता

सेयर गर्नुहोस

गएराती देखि परेको अविरल बर्षाले कास्कीमा दुई जनाको ज्यान लिएको छ ।


मादी गाउँपालिका- ५ चितेपानी घुम्तीमा गएराति २ बजेको समयमा घरपछाडिबाट ढिस्को खस्दा प्रकाश रानाभाटकी छोरी १३ वर्षीया आयुष्माको मृत्यु भएको हो। प्रकाशकी आमा ७० वर्षीया लालमायाको उद्धार गरिएको छ।


यस्तै गएराति ३ बजेतिर पोखरा महानगरपालिका २७, आरुपाटामा ढुंगामाटोको घरमा माटोको ढिस्को खस्दा हरि सुनारका छोरा ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए। हरिकी श्रीमती २७ वर्षीया ऋतु सुनार गम्भीर घाइते भएकी छिन्। 


उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। हरिकी ९ वर्षीया छोरी अञ्जली सुनारलाई उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ। घरमा पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ।


त्यस्तै लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदै एकै परिवारका ४ जना बेपत्ता भएका छन्। 


गएराति १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएका हुन्। पहिरोले रुद्रमान गुरुङ, उनका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको वडा सदस्य विनप्रसाद घलेले जानकारी दिए। 


अहिले बेपत्ताहरुको खोजि भईरहेको छ। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ। घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।


त्यसैगरी गएरातिकै पहिरोका कारण बेसीशहर नगरपालिका–११, चिती स्याउतमा दुई जना घाइते भएकोमा दुवैलाई उपचारका लागि जिल्ला अस्पतालमा लमजुङ लगिएको प्रहरीले जनाएको छ।


पहिरोकै कारण बेसीशहर–मनाङ सडक पनि अवरुद्ध भएको छ।



आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist