Latest
अर्को
Prev

ह्विप उल्लंघन गरेका फणिन्द्र देवकोटाको पद गयो

सेयर गर्नुहोस

 पोखरा, असार १ 


 गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्विप उल्लंघन गरेका फणिन्द्र देवकोटाको पद गएको  छ । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्तिकै उनको पद गएको सूचना सुनाएका हुन् ।


संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको पद रिक्त हुने सम्बन्धी व्यवस्था छ । सोही व्यवस्था बमोजिम स्थान रिक्त रहेको भनी सभामुखले प्रदेश सभा नियमावली २०८० को नियम २०७अनुसार प्रदेश सभामा जानकारी गराएका हुन् । यसरी रिक्त रहेको जानकारी प्रदेश सभा सचिवले प्रदेश मन्त्रिपरिषद र निर्वाचन आयोगलाई दिने र सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने कानुनी प्रावधान छ ।


सभामुखले सूचना सुनाएसँगै उनको मन्त्री पद पनि जाने छ । तर उनी ६ महिनाका लागि मन्त्रीमा नियुक्त हुनसक्छन् । उनी मन्त्री हुने सम्भावना उत्तिकै छ । त्यसो भएमा उनले फेरि शपथ लिनुपर्नेछ । माओवादी पार्टी र प्रदेश सभाका सभामुखको निर्णयविरुद्ध देवकोटा सर्वोच्च अदालत जाने बाटो भने खुल्ला छ । आफू माओवादीको नभइ नेपाल समाजवादी पार्टीको भएकाले माओवादीको यो निर्णय असंवैधानिक रहेको उनको दाबी छ ।




सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist