१ असार, काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।
११६ रनको लक्ष्य २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । सुरुवातमै कागिसो रबाडाले उनको क्याच १ रनमा छोडेका थिए ।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७.२ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । रोहित पौडेल शून्यमा बोल्ड आउट भए ।
अनिल साह २४ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ र अनिलले ३६ बलमा ५० रनको साझेदारी गरेका थिए । दीपेन्द्र ६ रनमा आउट भए । सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए ।