काठमाडौँ । नेपाल प्रहरीमा जनपदतर्फ बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार प्रहरी महानिरीक्षक वसन्त कुँवरले एसपीबाट एसएसपीमा बढुवा भएका श्यामकृष्ण अधिकारी, रवीन्द्र रेग्मी, भीमबहादुर दाहाल र नान्तिराज गुरुङलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
बढुवा समितिले १८ जेठमा गरेको सिफारिस अनुसार गृहमन्त्रीले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका हुन् । डिएसपीबाट एसपीमा बढुवा हुनेमा प्रदीपबहादुर क्षेत्री, नारायण रञ्जितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला छन् । दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।