Latest
अर्को
Prev

मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

सेयर गर्नुहोस

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । विश्रवासकाे मत लिनका लागि अाज दिउँसो ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ।


मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न गत शुक्रबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए । सर्वोच्च अदालतको परमादेशअनुसार जेठ १६ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसअघिका मुख्यमन्त्री एमालेका खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दा ६० सदस्यीय प्रदेश सभाबाट ३० मत मात्र पाएका थिए ।


सभामुख कृष्णप्रसाद धितालले तत्कालीन मुख्यमन्त्री अधिकारीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेपछि काँग्रेस नेता पाण्डे सर्वोच्च अदालत पुगेका थिए ।


सर्वोच्च अदालतले संविधानको धारा १६८ उपधारा २ अनुसार २ वा २ भन्दा धेरै दल मिलेर बहुमतको सरकार बनाउने प्रावधान अनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउन नसेको भन्दै सोही धाराको उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।


उक्त उपधारामा २ वा २ भन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन नसकेको अवस्थामा प्रदेश सभामा रहेका सबै भन्दा ठुलो दलका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ ।


मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संविधानको धारा १६८ उपधारा ४ अनुसार विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाएको अवस्थामा सरकारले कामकारबाही अघि बढाउन सक्नेछ भने नपाएको अवस्थामा मुख्यमन्त्री पदमुक्त हुने प्रावधान छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist