Latest
अर्को
Prev

आत्मनिर्भर बनाउन महिलालाई तालिम

सेयर गर्नुहोस

२६ वैशाख पाेखरा। पोखरा महानगरपालिका-१२ नम्बर वडाले महिलाहरुको लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको छ । सिलाइ कटिङ्ग, बाजा बजाउने, कम्प्युटर तालिम देखि पछिल्लो समय बाद्यबादन तालिमसम्म संचालन गरेको छ ।


कार्यालयले महिलाहरुको लागि चैत २१ देखि वैशाख २२ सम्म एक महिने बाद्यबादन कार्यक्रम संचालन गरेको थियो । वडाले महिलालाई लक्षित गरेर एक महिनासम्म मादल, खैजडी, मुजुरा लगायतका बाद्यबादनका कार्यक्रम संचालन गरेको वडाध्यक्ष सन्तोष बास्तोलाले जानकारी दिए । उनका अनुसार वडाका महिलालाई सीप सिकाएर आत्मनिर्भर गराउन सहयोग पुग्ने लक्षका साथ कार्यक्रम गरिएको हो ।


कार्यक्रममा वडा भित्रका महिला दिदिबहिनीको उत्साहजनक सहभागीता रहेको छ । कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले आमा समूहलाई वाद्यवादन सामग्री प्रदान गरिएको हो, उनले भने ।


तालिममा वडाका ४५ जना दिदिबहिनी सहभागीता रहेको थियो । पोखरा १२ नम्बर वडाका १८ वटा आमा समुहका प्रतिनिधिलाई वडाले छुट्याएको एक लाख ५० हजार बजेटबाट मादल, मुजुरा तथा खैजडी बजाउन सिकाउने तालिम दिइएको हो । यस्ता खालला कार्यक्रमले फुर्सदिला महिलालाई सीप सिकेर आर्थिकस्तर उकास्न सहयोग पुग्ने सहभागी बिष्णु माया पौडेलले बताइन् ।


सीप सिकेका महिलालाई बिबाह, ब्रतबन्ध एबम छरछिमेकमा हुने विभिन्न किसिमका सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउन सहयोग पुग्ने कार्यक्रम संयोजक एबम वडा सदस्य शान्ति कोइरालाले बताइन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist